श्रावण १९, २०८३ मंगलबार August 4, 2026

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

पदाधिकारीहरुलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएको जानकारी दिइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत १९३ पदाधिकारी पदमुक्त भएका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम सुरु गरिएको छ । “अध्यादेशअनुसार पदमुक्त हुनुभएका पदाधिकारीको हामीले पत्राचार गरिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समिति र बोर्डअन्तर्गतका ती पदाधिकारी पदमुक्त भएको बताउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायतका निकाय रहेका छन् ।

पदाधिकारीहरुलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ जारी गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार