फुङ्लिङ (ताप्लेजुङ), २५ वैशाखः मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको चारदिने एकीकृत घुम्ती शिविरबाट तीन हजार ३७५ जना सेवाग्राही लाभान्वित भएका छन् ।
शिविर गाउँपालिकाका छवटै वडामा सञ्चालन भएको थियो । बिहीबार वडा नं ५ मा सम्पन्न घुम्ती सेवामार्फत ८३० जना सेवाग्राहीले सेवा लिएका थिए । त्यसअघि वडा नं १ मा ८८३ जना, वडा नं २ ढुङ्गेसाँघुमा ८३८ जना तथा वडा नं ६ फाकुम्बामा ८२४ जनाले सेवा लिएका गाउँपालिकाका प्रशासन अधिकृत स्मीका याक्खाले जानकारी दिनुभयो ।
शिविरमा प्रशासन, स्वास्थ्य, पञ्जीकरण, कृषि विकास, पशुसेवा, योजना तथा पूर्वाधार, नक्सापास, उद्यम विकास तथा सूचना–सञ्चारलगायत १३ वटा शाखामार्फत सेवा प्रवाह गरिएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया