बैसाख २६, २०८३ शनिबार May 9, 2026

त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन

विद्यार्थी तथा अभिभावकलाई आधिकारिक पेजमार्फत आउने सूचनामात्र विश्वास गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ । विद्यार्थी तथा सरोकारवालालाई परीक्षा सम्बन्धी सूचना सहज र छिटो रूपमा उपलब्ध गराउने उद्देश्यले ‘TU Office of the Controller of Examinations’ नामक फेसबुक पेज सुरु गरिएको पनिकाले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नयाँ डिजिटल माध्यममार्फत परीक्षासम्बन्धी सूचना प्रवाहलाई थप प्रभावकारी, सरल र पहुँचयोग्य बनाउने लक्ष्य लिइएको छ । अब उक्त फेसबुक पेजमार्फत परीक्षा तालिका, आवेदनसम्बन्धी सूचना, परीक्षा केन्द्र, नतिजा प्रकाशन तथा अन्य महत्वपूर्ण जानकारी नियमित रूपमा सार्वजनिक गरिनेछ ।

परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेल ले सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै विद्यार्थीले सहज रूपमा सूचना प्राप्त गर्न सकून् भन्ने उद्देश्यले फेसबुक पेज सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक पेजमार्फत आउने सूचनामात्र विश्वास गर्न आग्रहसमेत गरेका छन् ।

पनिकाले पछिल्लो समय डिजिटल प्रणालीमार्फत सेवा विस्तार गर्ने प्रयासलाई तीव्र बनाउँदै आएको छ । फेसबुक पेज सञ्चालनसँगै परीक्षा सम्बन्धी जानकारी प्राप्त गर्न विद्यार्थीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

May be an illustration of ticket stub and text that says 'न्रभुबन विश्वविष्यालय Tribhuvan University परीक्षा नियन्रण कार्यालय OFFICE rHE CONTROLLE OF EXAMINATIONS Balkhu, Kathmandu, Nepal :977-5302727, संख्या Reference निয়সগणা कमएी काठमाडीं, २०८३/०१/२५ अत्यन्त जरूरी सूचना त्रि.वि. परीक्षा नियन्नण कार्यालय, बरल्खुबाट हालका मितिदेखि अभिभावक सम्बन्धित सरोकारवालाइरुलाई सूचना तथा जानकारीहरू छटो, सरल प्रभावकारी रूपमा उपलबध गराउने उददेश्यले यस कार्यालयको आधिकारिक Facebook Page सस्चातनमा ल्याइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरइन्छ। उक्त Facebook Page माफेत परीक्षा सम्बन्थी सूचना, परीक्षाको नतिजा सम्नन्धी सूचना तथा अन्य महत्वपूर्ण जानकारीहरु नियमित रुपमा प्रकाशन गरिनेछ। यस Facebook सकिनेछछ। लाई यस कार्यालयको Website: नाट पनि Facebook Page: TU Office Facebook Page Link: Controller Examinations परीक्षानियन्नक परीक्षा नियन्नक लक्ष्मण पौडेल'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
२०८३ बैसाख २६, शनिबार
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
२०८३ बैसाख २६, शनिबार