श्रावण २३, २०८३ शनिबार August 8, 2026

दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान

इच्छुक तथा योग्य उम्मेदवारले २०८३ साल असोज ५ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष तथा सदस्य र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।

आज प्रकाशित गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन माग गरिएको हो। त्यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि एक जना नियुक्त गरिने जनाइएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले २०८३ साल असोज ५ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ। आवेदन फाराम, न्यूनतम योग्यता तथा आवश्यक कागजात सम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटwww.mocit.gov.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार