बैसाख २८, २०८३ सोमबार May 11, 2026

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

आगामी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण हुने भएको छ । उक्त भवन निर्माणका लागि आज मुख्यमन्त्री यामलाल कँडेलले शिलान्यास गरे  ।

प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार, भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख रुपैयाँ थियो । ठेकदार कम्पनीले १६ करोड ८४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एण्ड विराट जेभी काठमाडौँ लिएको छ । “अहिले सञ्चालित ओपीडीको संरचना ५० शैय्याको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले ३०० शय्यामा छ”, सूचना अधिकारी ज्ञवालीले भनिन्, “त्यसकारण भीड धेरै हुन्छ । थेग्न सक्ने अवस्था छैन ।”

प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपिडी भवन निर्माण गर्न लागिएको हो । आगामी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याइने
२०८३ बैसाख २८, सोमबार
प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित
२०८३ बैसाख २८, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
२०८३ बैसाख २८, सोमबार
मधेश प्रदेशसभाको सातौं अधिवेशन जेठ १ गते आह्वान
२०८३ बैसाख २८, सोमबार
कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने
२०८३ बैसाख २८, सोमबार
त्रिदेशीय सिरिजमा नेपाल ‘ए’ को लगातार चौथो जित
२०८३ बैसाख २८, सोमबार
थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
२०८३ बैसाख २८, सोमबार