बैसाख ३१, २०८३ बिहिबार May 14, 2026

लायन्स बागलुङ मुक्तिनाथद्धारा सिगाना माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग

डिजिटल शिक्षाका लागि लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको आत्मियता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले बागलुङ नगरपालिका–९ तित्याङस्थित सिगाना माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री स्वरूप ल्यापटप र प्रोजेक्टर सहयोग गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष प्रकृति राजभण्डारीले विद्यालयलाई उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । सहयोग सामग्री अमेरिकास्थित सामाजिक संस्था इएकआइ को सहयोगमा उपलब्ध गराइएको बताइएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू अनन्त खड्का र रामबहादुर खड्का, सहायक प्रधानाध्यापक ईन्द्रा खड्का, रिजन चियर पर्सन जुनु श्रेष्ठ तथा डिष्ट्रिक कोडिनेटर कविता बस्नेतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष गीता श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव चाँदनी श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

लायन्स क्लबले स्थापना कालदेखि नै सामाजिक, शैक्षिक, स्वास्थ्य, मानविय तथा धार्मिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा ऋषीकेश वाग्लेलाई
२०८३ बैसाख ३१, बिहिबार
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. बज्राचार्यलाई
२०८३ बैसाख ३१, बिहिबार
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
२०८३ बैसाख ३१, बिहिबार
एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
२०८३ बैसाख ३१, बिहिबार
शिक्षामन्त्री र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
२०८३ बैसाख ३१, बिहिबार
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
२०८३ बैसाख ३१, बिहिबार
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
२०८३ बैसाख ३१, बिहिबार