बैसाख ३१, २०८३ बिहिबार May 14, 2026

शिक्षामन्त्री र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता

शैक्षिक विकासमा सघाउन विश्व बैङ्क राजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ वैशाखः विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताउनुुभएको हो ।

त्यस अवसरमा उहाँहरुबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैङ्कले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख ‘एजेन्डा’का रूपमा अघि बढाइएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. बज्राचार्यलाई
२०८३ बैसाख ३१, बिहिबार
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
२०८३ बैसाख ३१, बिहिबार
एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
२०८३ बैसाख ३१, बिहिबार
शिक्षामन्त्री र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
२०८३ बैसाख ३१, बिहिबार
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
२०८३ बैसाख ३१, बिहिबार
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
२०८३ बैसाख ३१, बिहिबार
एमाले सचिवालय बैठक शनिवार बस्दै
२०८३ बैसाख ३१, बिहिबार