जेठ २, २०८३ शनिबार May 16, 2026

त्रिवि प्रशासन पुनर्गठनः शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

त्रिविमा नयाँ पदाधिकारीलाई जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् ।

उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए । तर, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए ।

रिक्त रहेको पदपूर्ति नहुदा सम्मका लागि पदाधिकारी तोकिएको हो । नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउदै उपकुलपति सिफारिस समिती गठन भई आवेदन माग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निलम्बन फुकुवापछि नेपाल समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्ने पक्का
२०८३ जेठ २, शनिबार
लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठुलो हुन्छ : प्रवक्ता चालिसे
२०८३ जेठ २, शनिबार
पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द
२०८३ जेठ २, शनिबार
त्रिवि प्रशासन पुनर्गठनः शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
२०८३ जेठ २, शनिबार
लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
२०८३ जेठ २, शनिबार
वडा सचिवलाई धम्की दिने व्यक्ति काठमाडौं प्रहरीको फन्दामा
२०८३ जेठ २, शनिबार
इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
२०८३ जेठ २, शनिबार