असोज २३, २०८३ शुक्रबार October 9, 2026

बाढी–पहिरोले याङवरकमा चार पुल र दुई घरमा क्षति

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट पाँचथरतर्फ जोडिने मोटरेबल पुलमा समेत क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फिदिम, जेठ ९ गते । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठुलो क्षति पुगेको छ । यस क्षेत्रमा शुक्रबार साँझ भारी वर्षा भएको थियो । वर्षापछि आसपासका खोला–नालामा आएको बाढी र पहिरोले सडक, पुल–पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पुर्‍याएको हो ।

दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल बगाएको स्थानीय प्रशासनले जनाएको छ । पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढीले बगाएको बताइएको छ ।

बाढीका कारण याङवरक क्षेत्रको दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजनासहित विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । यस्तै माथिबाट खसेको पहिरोले याङवरक–३ र ७ को सीमावर्ती लाम्वाखोला ढाँड–एकराते क्षेत्रमा दुईवटा घर बगाएको छ ।

स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको जनाइएको छ । प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिषकुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ ।

बाढीले याङवरक–१, २ र ३ का विभिन्न खोलामा रहेका झोलुङ्गे तथा पक्की पुलमा पनि क्षति पुर्‍याएको छ । उता, सडकमाथिबाट खसेको पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ ।

यसैबीच, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट पाँचथरतर्फ जोडिने मोटरेबल पुलमा समेत वर्षाका कारण क्षति पुगेको बताइएको छ । यसैगरी खेतीयोग्य जमिन र अलैँची खेतीमा पनि क्षति पुगेको छ । क्षतिको यकिन विवरण सङ्कलन हुन बाँकी रहेको जनाउँदै प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानलेयुद्ध अन्त्य गर्ने अमेरिकी योजनामा जवाफ दिने
२०८३ असोज २३, शुक्रबार
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद
२०८३ असोज २३, शुक्रबार
Govt builds supportive ecosystem for youth entrepreneurship and innovation: Dr. Timilsina
२०८३ असोज २३, शुक्रबार
यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक
२०८३ असोज २३, शुक्रबार
फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी
२०८३ असोज २३, शुक्रबार
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार