चितवन, ११ जेठः कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त हुनुभएको छ । उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गर्नु भएको हो ।
यसअघि प्रधानमन्त्री शाहले बस्नेतलाई अर्काे व्यवस्था नभएसम्मका लागि उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । उपकुलपति बस्नेतले तीन सङ्कायका डिन र निर्देशकसमेत नियुक्त गर्नुभएको छ । उहाँले कृषि सङ्कायको डिनमा प्राडा सुन्दर तिवारी, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय डिनमा डा शङ्करराज बर्सिला नियुक्त गर्नुभएको छ ।
वन विज्ञान सङ्कायको डिनमा डा गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयको निमित्त निर्देशकमा डा उज्जल तिवारी, जैविक प्रविधि केन्द्रको निर्देशकमा डा हिमाल लुइँटेल र पाठ्यक्रम विकास केन्द्रको निर्देशकमा डा अनिलकुमार तिवारी नियुक्त हुनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया