असोज २३, २०८३ शुक्रबार October 9, 2026

‘नेपाल-भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’

नियमित संवाद र सहकार्यमा जोड दिनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिद्धार्थनगर (भैरहवा), १६ जेठः नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पत्रकारिताको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । हिन्दी पत्रकारिताको दुई सय वर्ष पूरा भएको अवसरमा आज भारतको गोरखपुरमा आयोजित अन्तक्र्रियामा सहभागी दुवै देशका सञ्चारकर्मीहरूले सहकार्यमा जोड दिएका हुन् ।

प्रेस क्लब, गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरूप, खोज पत्रकारिता, सीमापार सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई सञ्चार माध्यममार्फत थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा आजतक टेलिभिजनका प्रतिनिधि गजेन्द्र त्रिपाठीले नेपाल र भारतबीच रहेका साझा समस्या, सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकारिताले दुई देशका नागरिकबीच आपसी विश्वास र समझदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै पत्रकारहरूको एकता र सहकार्य समयको आवश्यकता भएको धारणा राख्नुभयो ।

दैनिक जागरणका पूर्वसम्पादक कमलेश त्रिपाठीले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई पत्रकारितामार्फत अझ बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले खोज पत्रकारिताका क्षेत्रमा दुवै देशका पत्रकारले संयुक्त रूपमा काम गर्न सके सीमापार मुद्दाहरूको प्रभावकारी उजागर गर्न सकिने बताउनुभयो ।

प्रेस ट्रस्ट अफ इण्डियाका वरिष्ठ पत्रकार आनन्द रायले हिन्दी पत्रकारिताको दुई सय बर्से यात्राले समाजमा चेतना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्व प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पत्रकारिताको माध्यमबाट साझा मुद्दामा सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहाराका पूर्वसम्पादक अनिल पाण्डे, नेपालका तर्फबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलयातले नेपाल—भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पत्रकारिताले पुलको भूमिका निर्वाह गर्नसक्ने भएकाले सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँहरूले सीमा क्षेत्रका साझा सवाल, पर्यटन, संस्कृति, व्यापार तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका पत्रकारबीच नियमित संवाद र सहकार्यमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

हिन्दी पत्रकारिता र पत्रिकाहरूको यात्रा ३० मे १८२६ मा कलकत्ता (हालको कोलकाता) बाट पण्डित जुगल किशोर शुक्लले प्रकाशन गरेको पहिलो हिन्दी समाचारपत्र ‘उदन्त मार्तण्ड’ बाट सुरु भएको त्यस अवसरमा जानकारी दिइयो ।

हिन्दी पत्रकारिताले दुई सय वर्ष पूरा गर्नु एउटा भाषा वा सञ्चारमाध्यमको विकासको कथा मात्र नभइ भारतीय समाज, चेतना, लोकतान्त्रिक आन्दोलन, सामाजिक परिवर्तन र विभिन्न सङ्घर्षहरूको ऐतिहासिक दस्तावेजसमेत भएको वक्ताहरूको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानलेयुद्ध अन्त्य गर्ने अमेरिकी योजनामा जवाफ दिने
२०८३ असोज २३, शुक्रबार
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद
२०८३ असोज २३, शुक्रबार
Govt builds supportive ecosystem for youth entrepreneurship and innovation: Dr. Timilsina
२०८३ असोज २३, शुक्रबार
यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक
२०८३ असोज २३, शुक्रबार
फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी
२०८३ असोज २३, शुक्रबार
चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
२०८३ असोज २३, शुक्रबार
मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका दुई हजार ६०२ व्यक्तिको नामावली हटाइयो
२०८३ असोज २३, शुक्रबार