असार २३, २०८२ सोमबार July 7, 2025

गलैंचाको व्यापार ८० प्रतिशतले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बन्दाबन्दीको शुरुआतदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी आएको छ ।

नियमित उडान खुलिसकेको अवस्थामा समेत अन्तरराष्ट्रिय बजारमा गलैंचाको माग नहुँदा व्यापार घटेको छ र निर्यात पनि प्रभावित बन्न पुगेको छ ।

नेपालमा उत्पादित गलैंचाको निर्यात अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत ५० भन्दा बढी मुलुकमा हुने गर्छ । यसमध्ये करीब ७० प्रतिशत गलैंचा अमेरिकामा निर्यात हुने गरेको छ । तर, अमेरिका कोरोना महामारीको ठूलो चपेटामा परेका कारण नेपाली गलैंचाको व्यापारमा नराम्रोसँग धक्का पुगेको हो ।

बन्दाबन्दीका समयमा नियमित उडान बन्द हुँदा सीमित मात्रामा माग भएका गलैंचाको निर्यात चार्टर उडानमार्फत गर्नु पर्दा उद्यमी व्यवसायीहरूलाई महँगो परेको थियो । तर, हाल नियमित उडान खुला भए पनि व्यवसायीहरूले सामान्य अवस्थाको तुलना करीब ३ प्रतिशत बढी भाडा तिर्नु परेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष तेन्जिङ शेर्पाले बताए ।

उनका अनुसार यसअघि अमेरिकी मुलुकमा गलैंचा निर्यात गर्दा प्रतिकिलो भाडादर करीब ४ डलर पर्ने गरेकोमा हाल १२ डलरसम्म पर्ने गरेको छ । त्यसैगरी यूरोपेली मुलुकमा प्रतिकिलो ३ डलर पर्नेमा अहिले ९ डलरसम्म पर्ने गरेको छ ।

अहिले करीब ७० प्रतिशत गलैंचा उद्योगले क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । उत्पादन घटेसँगै उद्योगमा काम गर्ने ३ लाखभन्दा धेरै कामदारसहित गलैंचा उद्योगमा आबद्ध ७ सय उद्योगी र १ सय ५० भन्दा बढी निर्यातकर्ता व्यवसायी नराम्ररी प्रभावित बन्न पुगेका छन् । संघका अध्यक्ष रामबहादुर गुरुङले गलैंचा उद्योगहरू आफ्नो कुल क्षमताको ६० प्रतिशतसम्म चल्न सक्ने स्थिति भएमा पनि केही राहत हुन सक्ने बताए ।

यसको व्यापार अन्तरराष्ट्रिय बजारको मागमा निर्भर रहने भएकाले अहिले उत्पादन क्षमता बढाएर काम गर्ने र व्यापार बढाउन सक्ने अवस्था नरहेको उनले बताए । महीनौं दिनदेखि उत्पादन तथा निर्यात प्रभावित हुँदा कामदारहरूलाई काम दिन सक्ने अवस्था नहुँदा कामदारहरूको अवस्था दिनदिनै दयनीय बन्दै गएको संघले जानकारी दिएको छ ।

नेपाली गलैंचा महँगो हुने भएका कारण अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा पनि यसको मागमा कमी आएको निर्यातकर्ताहरूको भनाइ छ । अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार