जेठ २१, २०८३ बिहिबार June 4, 2026

कांग्रेस अनुशासन समितिको कडा कदम, जिल्ला सभापति निलम्बित

उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि, बारा कांग्रेस सभापति कारबाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।

आज बसेको अनुशासन समितिको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप सम्बन्धी उजुरीहरूमाथि छानबिन गरेर यादवलाई निलम्बन गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले बताए।

समितिमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायसँग स्पष्टीकरण मागेको थियो। उनीहरूले आफूमाथि लगाइएका आरोप निराधार रहेको भन्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवाफ पेश गरेका थिए।

समितिले उनीहरूलाई भविष्यमा कुनै गुनासो नआउने गरी पार्टीको विधान, नियमावली र जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धतासाथ कार्य गर्न निर्देशन दिएको छ।

यस्तै, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीका सम्बन्धमा उनले पेश गरेको स्पष्टीकरण सन्तोषजनक रहेको र थप अध्ययनपछि आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया