जेठ ३०, २०८३ शनिबार June 13, 2026

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआइसीयू) विस्तार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), ३० जेठः पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआइसीयू) विस्तार गरिने भएको छ ।

हाल अस्पतालमा रहेका आठ एनआइसीयू शय्यालाई बढाएर २० शय्यासम्म पु¥याउने लक्ष्यका साथ आवश्यक उपकरण थप गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अहिले एनआइसीयू शय्याको अभावका कारण जटिल स्वास्थ्य समस्या भएका नवजात शिशुलाई अन्य अस्पतालमा प्रेषण (रेफर) गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । सेवा विस्तारपछि अस्पतालले आफ्नै स्रोतसाधनमार्फत थप शिशुलाई उपचार सेवा दिन सक्नेछ भने अन्य अस्पतालबाट प्रेषित भई आउने शिशुलाई एनआइसीयू सेवा उपलब्ध गराउन गराई नवजात शिशुहरुको उपचारमा सहजता आउने छ ।

भेरी अस्पतालमा अहिले सामान्य तथा शल्यक्रियामार्फत दैनिक ३० देखि ४० जना सुत्केरी हुने गरेका छन् । यस्तो अवस्थामा नवजात शिशुको उपचार सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास छ । थप एनआइसीयू सञ्चालनका लागि आवश्यक चिकित्सक तथा स्टाफ नर्सको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको अस्पताल प्रमुख डा. दर्नालले बताउनुभयो ।

अस्पताल प्रशासनले विगतमा विभिन्न कारणले बन्द रहेका सेवालाई पुनः पूर्णरूपमा सञ्चालन गर्ने तथा नयाँ सेवाहरू थप्दै अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ योजनाबद्ध ढङ्गले काम अगाडि बढाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दर्नालको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार