असार २, २०८३ मंगलबार June 16, 2026

परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय

दुई महिनाभित्रमा नतिजा आउनेगरी काम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, २ असारः चितवन जिल्लास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ ।

विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेज छन् । सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत छन् । एउटै सङ्कायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले दुई महिनाभित्रमा नतिजा आउनेगरी काम सुरु गरिएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा डा मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको नतिजा एकैपटक हुनेगरी काम भइरहेको बताउनुभयो ।

विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविर सिंहले थोरै विद्यार्थी भएकाहरूको सेमेष्टरको नतिजा एक महिनाभित्रमा र धेरै विद्यार्थी भएका सङ्कायको दुई महिनाभित्रमा नतिजा प्रकाशन गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थोरै विद्यार्थी भएका स्नातकोत्तर र विध्यावारिधिको परीक्षा सकिएको एक हप्तामा नै नतिजा दिन थालिएको छ ।”

गत वैशाख ३० गते उपकुलपतिमा नियुक्त हुनुभएका प्रा डा होमबाहादुर बस्नेत एक महिनामा नै नतिजा आउनेगरी काम भइरहेको बताउनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
२०८३ असार २, मंगलबार
भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा
२०८३ असार २, मंगलबार
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाण्डौं प्रशासनको निर्देशन
२०८३ असार २, मंगलबार
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार