श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’

अपरेसनका क्रममा ७९ पुरुष र चार महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता र नौ जना कारोबारीलाई नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), ३ असारः जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाका विभिन्न शङ्कास्पद स्थानमा सञ्चालित अपरेसनका क्रममा ७९ पुरुष र चार महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता र नौ जना कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिकबाहेक ३८ ग्राम ९१० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ र तीन ग्राम ९०० मिलीग्राम गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार लागुऔषधसहित फेलापरेका मुख्य कारोबारीहरूमा दमक नगरपालिका–३ बस्ने २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ बस्ने ३० वर्षीया सरिता राजवंशी रहेका छन् । उनीहरूको साथबाट छ ग्राम ९० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ । यस्तै, बिर्तामोड नगरपालिका–६ बस्ने १८ वर्षीय देवेन्द्र विकको साथबाट एक ग्राम ४२० मिलीग्राम र बिर्तामोड–३ घर भई हाल वडा नं ४ मा डेरा गरी बस्ने ३९ वर्षीय गणेशप्रसाद ओलीको साथबाट ३०० मिलीग्राम खैरो हेरोइन फेलापरेको छ ।

blogत्यसैगरी, प्रतिबन्धित गाँजा तीन ग्राम ९०० मिलीग्रामसहित बिर्तामोड नगरपालिका–४ बस्ने २६ वर्षीय चाल्स लिम्बू र वडा नं ३ बस्ने ३० वर्षीय उमेश राजवंशी पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित ‘एलेक्स’ भन्ने सुरज ढकालको घर कोठा खानतलासी गर्दा २० ग्राम ४१० मिलीग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

चितवन भरतपुर महानगरपालिका–१४ बस्ने २४ वर्षीया सोनी खाती र मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बस्ने ६० वर्षीया सीता राजवंशीको साथबाट १० ग्राम ७७० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको छ ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार नियन्त्रणमा लिइएका नौ जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । नियन्त्रणमा लिइएका अन्य लागुऔषध सेवनकर्ताहरूलाई आवश्यक मनोपरामर्श सेवा प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकताअनुसार पुनःस्थापना केन्द्रमा पठाउने कार्यसमेत भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार