असार २३, २०८२ सोमबार July 7, 2025

बीस किलो चरेस सहित एकजना प्रकाउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ईलाका प्रहरी कार्यालय गजुरीले २० किलो आठ सय ग्राम चरेससहित एक जनालाई प्रकाउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले २० किलो चरेससहित खनियाबास गाँउपालिका २ तर्चिका रेशमबहादुर तामाङलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गजुरीका सुचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक भोजराज पाण्डेले दिएको जानकारी अनुसार गजुरी गाउँपालिका ६ आदमघाटस्थित पृथ्बी राजमार्गबाट उनी पक्राउ परेका हुन् ।

प्रहरीले आदमघाट ईलाकामा लागु औषधको कारोबार हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हरियो रंगको जेब्रा झोलामा ३ वटा पोका र साथमा भिरेको कालो झोलाबाट सो सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नीरिक्ष्क पाण्डेका अनुसार उनको साथबाट सामसुङ मोवाईल थान १ र नगद आठ हजार नेपाली रुपैयाँ समेत फेला परेको हो । उनीमाथी जिल्ला अदालत धादिङबाट म्याद थप पश्चात थप अनुसन्धान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया