काठमाडौँ, ७ असारः नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ ।
विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिनुभयो ।
“सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ”, उहाँले भन्नुभयो, “बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।” अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । रास
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया