काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र त्यस्तो पार्टीमा सबै अटाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा ‘एमालेजनमा निवेदन’ भनेर लेखेको सन्देशमा अहिले एमालेमा चलिरहेको बहसमा राजनीतिक र वैचारिक दिशा दिन अपिल गरेका छन् । उनले भनेका छन्, ‘अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफ्नै पार्टीभित्रको फरक विचारप्रति बैरभाव राख़्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ ।’
उनले भनेका छन्, ‘एमालेमा दुईवटा बिचारका बीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक सञ्चारमाध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलावा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया