असार ६, २०८३ शनिबार June 20, 2026

सुदूरपश्चिममा एमाले पुनर्गठन छलफल सम्पन्न, सुझावहरू ग्रहणयोग्य : विष्णु पौडेल

निर्वाचन समीक्षा र पुनर्गठनमा एमाले कार्यकर्ताको उत्साहजनक सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिम प्रदेशमा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।

धनगढीमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले करिब १३ घण्टा लामो छलफलका क्रममा पार्टीका नेता–कार्यकर्ताबाट महत्वपूर्ण विचार, विश्लेषण र सुझाव प्राप्त भएको उल्लेख गरेका हुन् ।

उनका अनुसार नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले पार्टी र मुलुकको उज्ज्वल भविष्य निर्माणका विषयमा मर्मस्पर्शी धारणा राखेका थिए । समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यका साथ संस्थागत निर्णयअनुसार कार्यक्रम आयोजना गरिएको उनले बताएका छन् ।

पौडेलले पार्टी सञ्चालनका लागि स्वीकृत विधि र प्रक्रियाको पालना आवश्यक रहेको उल्लेख गर्दै विधिको पालनाले सङ्गठनात्मक एकता सुदृढ हुने र उल्लङ्घनले विग्रह तथा विभाजन निम्त्याउने बताए। पार्टीभित्र देखिएका वा देखापर्न सक्ने हरेक समस्याको समाधान विधिको सीमाभित्र रहेर खोजिनुपर्ने उनको भनाइ छ।

उनले स्वस्थ छलफल, बहस र सुझावलाई विभाजनको पूर्वाभ्यासका रूपमा चित्रित गर्ने वा निषेध गर्ने प्रवृत्ति उचित नहुने बताए। त्यस्तै, बहस र छलफलको आडमा विभाजनको आधार तयार पार्ने प्रयास पनि स्वीकार्य नहुने उनको धारणा छ।

उपाध्यक्ष पौडेलले विभाजनको मनोवैज्ञानिक त्रास सिर्जना गरेर छलफल र सुझावलाई निरुत्साहित गर्ने तथा छलफलका नाममा अराजकताको मार्ग रोज्ने दुवै प्रवृत्ति अस्वीकार्य रहेको स्पष्ट पारे।

उनले कार्यक्रममा सहभागी नेता–कार्यकर्ताबाट आएका विधिसम्मत, स्वस्थ, भयरहित र तर्कपूर्ण सुझावहरूको स्वागत गर्दै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका पक्षमा प्रस्तुत विचार, विश्लेषण र सुझावहरू ग्रहणयोग्य रहेको बताएका छन्।।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लव नेतृत्वमाथि असन्तुष्टि जनाउँदै १० केन्द्रीय सदस्यसहित १२ जनाको सामूहिक राजीनामा
२०८३ असार ६, शनिबार
अमेरिका–इरान वार्ता ‘आइतबार’
२०८३ असार ६, शनिबार
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित
२०८३ असार ६, शनिबार
‘कोशी नमूना संयुक्त राष्ट्रसङ्घ सम्मेलन’ सुरु
२०८३ असार ६, शनिबार
सुदूरपश्चिममा एमाले पुनर्गठन छलफल सम्पन्न, सुझावहरू ग्रहणयोग्य : विष्णु पौडेल
२०८३ असार ६, शनिबार
‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ – शिक्षामन्त्री
२०८३ असार ६, शनिबार
आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने
२०८३ असार ६, शनिबार