असार ४, २०८३ बिहिबार June 18, 2026

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा सुरु

बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने, आगामी केन्द्रीय महाधिवेशनको तालिका तय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। बैठकमा भोलि असार ५ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाहरूमाथि प्रारम्भिक छलफल सुरु गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो

बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने, आगामी केन्द्रीय महाधिवेशनको तालिका तय गर्ने तथा पार्टी संगठन सुदृढीकरणसँग सम्बन्धित विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।

यसका साथै सक्रिय सदस्यता वितरण नियामावली–२०८३, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली, निर्वाचन कार्यतालिका तथा निर्वाचन निर्देशिका–२०८३ माथि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।

राप्रपाले आगामी सांगठनिक गतिविधि र आन्तरिक संरचना व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ बैठकमार्फत महत्वपूर्ण निर्णय प्रक्रियालाई अघि बढाउने तयारी गरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
२०८३ असार ४, बिहिबार
सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूत अल शम्सीको शिष्टाचार भेट
२०८३ असार ४, बिहिबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा सुरु
२०८३ असार ४, बिहिबार
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असार ४, बिहिबार