श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चिया निर्यातमा देखिएको समस्या समाधान गर्न नारायणकाजी श्रेष्ठको सरकारसँग आग्रह

समस्या समाधानमा ढिलाइ भए चिया उद्योग थप संकटमा फस्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपाली चिया उद्योगमा देखिएको संकट समाधानका लागि सरकारसँग तत्काल पहल गर्न आग्रह गर्नुभएको छ। भारतले अवलम्बन गरेको नीतिका कारण नेपाली चिया निर्यात प्रभावित भई उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएको भन्दै उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले भारतको नीतिका कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको उल्लेख गर्नुभयो। उहाँले समस्या समाधानका लागि तत्काल भारत सरकारसँग कूटनीतिक तथा सरकारी तहमा वार्ता गरी सकारात्मक निष्कर्ष निकाल्न सरकारसँग जोडदार माग गर्नुभएको छ।

उहाँले चिया उद्योगमा देखिएको वर्तमान संकटले नेपालको अर्थतन्त्र, रोजगारी, कृषिमा आधारित उद्योग तथा निर्यात व्यापारमा ठूलो असर पार्ने चेतावनी दिनुभयो। चिया क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका हजारौँ किसान, मजदुर र व्यवसायी प्रभावित हुने भएकाले सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ।

नेता श्रेष्ठले नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउन र उद्योगलाई संरक्षण गर्न भारतीय पक्षसँग शीघ्र संवाद सुरु गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले समस्या समाधानमा ढिलाइ भए चिया उद्योग थप संकटमा फस्ने र त्यसको असर राष्ट्रिय अर्थतन्त्रमा समेत पर्ने उल्लेख गर्नुभयो।

हाल भारतले अवलम्बन गरेको नीतिका कारण नेपाली चियाको निर्यात प्रक्रियामा समस्या उत्पन्न भएको उद्योगी व्यवसायीहरूले बताउँदै आएका छन्। यसले उत्पादन, बिक्री तथा निर्यातमा प्रत्यक्ष प्रभाव पार्दा चिया उद्योगमा अन्योल र चिन्ता बढेको छ।

नेता श्रेष्ठले सरकारलाई चिया उद्योगको संरक्षण, किसानको हित र निर्यात व्यापारको निरन्तरताका लागि तत्काल कूटनीतिक पहल थाल्न आग्रह गर्नुभएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार