असार ८, २०८३ सोमबार June 22, 2026

सुदूरपश्चिममा एमाले पुनर्गठनको माग, अधिकांश नेता-कार्यकर्ता परिवर्तनको पक्षमा

जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्सा संस्थापन इतर समुहमा खुल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन्। धनगढीमा आयोजित करिब १३ घण्टा लामो कार्यक्रममा जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली ले भर्चुअल सम्बोधनमार्फत आफ्ना धारणा निर्धक्क राख्न आग्रह गरे पनि कार्यक्रममा सहभागी अधिकांश नेताहरू पार्टी पुनर्गठनको पक्षमा उभिएका थिए।

कैलाली, अछाम, बाजुरा, बझाङलगायत जिल्लाका नेताहरूले वडा तहदेखि केन्द्रीय कमिटीसम्म पुनर्गठन आवश्यक रहेको बताएका थिए। युवा केन्द्रीय सदस्यहरू नरेश रोकायागोविन्द गिरी ले अध्यक्ष ओली मात्र नभई समग्र नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा राखे।

यद्यपि डोटीकी जिल्ला अध्यक्ष मन्जु मलासी, दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत केही नेताले पार्टी एकता कायम राख्नुपर्ने र नेतृत्व परिवर्तनको पक्षमा नजानुपर्ने बताएका थिए।

कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल को उपस्थिति रहेको थियो। केन्द्रीय नेताहरूले भने सहभागीहरूको धारणा मात्र सुनेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया