काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महिला उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी हुनुभएको छ ।
चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गरि विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै पार्टीको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित हुनुभएको छ । उहाँ यसअघि रास्वपाको सहमहामन्त्री हुनुहुन्थ्यो । निर्वाचित भएपछि आचार्यले आफु विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्ने र जनताले राखेका अपेक्षामा खरो उत्रिएर जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।
५ जना पदाधिकारी चयनका लागि भएको मतदानमा १ हजार २ सय ९० जना प्रतिनिधिले मतदान गरेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ ।
चितवनमा जारी महाधिवेशनमा रास्वपाका ३ हजार ९ सय ५९ महाधिवेशन प्रतिनिधिले भाग लिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया