असार १६, २०८३ मंगलबार June 30, 2026

विश्वविद्यालयबाट ६० दिनभित्र विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण विभागहरूबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र जारी गर्दै यस विषयमा निर्देशन दिएको हो।

विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिविले यो कदम चालेको हो।

शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्न, विद्यार्थीका वास्तविक समस्या र आवाजलाई सही ढङ्गले सम्बोधन गर्न तथा खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

निर्देशनअनुसार अबको ६० दिनभित्र विश्वविद्यालय तथा विद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका संरचनाहरू पूर्ण रूपमा हटाइसक्नुपर्नेछ। 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाका ९९ नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ भोलि, पहिलो बैठक पनि बस्ने
२०८३ असार १६, मंगलबार
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
२०८३ असार १६, मंगलबार
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
२०८३ असार १६, मंगलबार
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
२०८३ असार १६, मंगलबार
एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन
२०८३ असार १६, मंगलबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १६, मंगलबार
राष्ट्र बैंकद्धारा आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण
२०८३ असार १६, मंगलबार