कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

मधेस प्रदेशसभा बैठक बस्दै

प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, १७ असारः मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।

विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ः०० बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो । प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेकोे उहाँले बताउनुभयो ।

मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल
२०८३ कार्तिक ३, मंगलबार
देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने
२०८३ कार्तिक ३, मंगलबार
अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा
२०८३ कार्तिक ३, मंगलबार
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार