कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनकाे बैठक बस्दै

प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चार वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनकाे बैठक बिहीबार बस्ने भएकाे छ।

संसद् सचिवालयले बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको जनाएकाे हाे। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने भएकाे छ ।

प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चार वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय गरिएकाे हाे। बैठकमा विभिन्न १३ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै राष्ट्रियसभाको बैठक पनि बिहीबारै बस्दै छ । बैठक बिहीबार दिउँसो सवाँ १ बजे बस्ने भएकाे हाे । बैठकमा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल
२०८३ कार्तिक ३, मंगलबार
देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने
२०८३ कार्तिक ३, मंगलबार
अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा
२०८३ कार्तिक ३, मंगलबार
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार