असार १८, २०८३ बिहिबार July 2, 2026

कांग्रेसका तीन शीर्ष नेताबीच भेटवार्ता, पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

आन्तरिक समीकरण र समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका तीन प्रभावशाली नेताबीच भेटवार्ता भएको छ। नेता विमलेन्द्र निधिको मध्यबानेश्वरस्थित निवासमा भएको भेटमा प्रकाशमान सिंह र डा. शशांक कोइराला सहभागी भएका हुन्।

निधिको सचिवालयका अनुसार भेटवार्तामा नेपाली कांग्रेसको पछिल्लो आन्तरिक राजनीतिक अवस्था, समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रम तथा पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको छ।

पार्टीभित्र संगठन सुदृढीकरण, समसामयिक राजनीतिक चुनौती र आगामी राजनीतिक कार्यदिशाका विषयमा नेताहरूबीच विचार आदान–प्रदान भएको बताइएको छ। पछिल्ला दिनमा कांग्रेसभित्र संगठनात्मक गतिविधि र राजनीतिक रणनीतिलाई लिएर विभिन्न तहमा छलफल भइरहेका बेला तीन नेताको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनीहरूबीच भएको यो भेटलाई पार्टीको आन्तरिक समीकरण र समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया