असार १९, २०८३ शुक्रबार July 3, 2026

सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शाहले शुक्रबार देशभरीका विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् । जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरिएको छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापा त्रिविको उपकुलपतिमा नियुक्त भएका हुन् ।

त्यस्तै प्रधानमन्त्री शाहले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरेका छन् ।

त्यस्तै पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिको सर्टलिस्टमा परेका तीनरतीन जना मध्ये एक जनालाई कुलपति शाहले उपकुलपति नियुक्त गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
२०८३ असार १९, शुक्रबार
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
२०८३ असार १९, शुक्रबार
संस्कृति मन्त्रालयद्धारा पाँच संस्थाका पदाधिकारी नियुक्त
२०८३ असार १९, शुक्रबार
उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ
२०८३ असार १९, शुक्रबार
पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध
२०८३ असार १९, शुक्रबार
हान्टाभाइरसको प्रकोप समाप्त भएको डब्ल्युएचओको घोषणा
२०८३ असार १९, शुक्रबार
विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना
२०८३ असार १९, शुक्रबार