असार २१, २०८३ आइतबार July 5, 2026

चलचित्रकर्मी नवल खड्काको जीवनी पुस्तक ‘नवल खड्का’ बजारमा

जीवनका भोगाइ समेटिएको ‘नवल खड्का’ पुस्तक बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, २१ असारः खोटेहाङ गाउँपालिका–८ सिम्पानीका निवासी नायक तथा निर्देशक नवल खड्काले लेख्नुभएको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।

नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेट्नुभएको छ । २०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर संवाददाता मनोज बडूले यही असार १९ गते दार्चुलाको तिङ्करमा पुगेर संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

तिङ्कर भञ्ज्याङको १ नम्बर सीमास्तम्भमा आयोजित कार्यक्रममा नायक खड्काले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त भएर जुट्न देशवासीलाई आग्रहसमेत गर्नुभएको छ । नायक खड्काले तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।

पर्यटकीय क्षेत्र तिङ्कर भञ्ज्याङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सके धार्मिक पर्यटनको ढोका खुल्ने नायक खड्काले बताउनुभएको छ । तिङ्कर भञ्ज्याङमा आवश्यक पूर्वाधार निर्माण गरिएको खण्डमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपालले ठूलो परिमाणमा धन आम्दानी गर्न सक्ने जानकारी दिनुभयो ।

पुस्तक विमोचन गर्दै नायक खड्काले स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताउनुभयो । खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आउनुभएका नायक, निर्देशक तथा लेखक खड्का खोटाङ सेवा समाज काठमाडौँ नेपालको अध्यक्षसमेत हुनुहुन्छ ।

करिब तीन दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसक्नुभएका नायक तथा निर्देशक खड्काले आफ्नै लगानीमा नेपाली कथानक चलचित्र ‘दशगजा’, ‘भीमदत्त’, ‘आवाज’, ‘माया बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ प्रदर्शनमा ल्याइसक्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानको ९२ प्रतिशत रकम भुक्तानी गरिएको सरकारको दाबि
२०८३ असार २१, आइतबार
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
२०८३ असार २१, आइतबार
प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै
२०८३ असार २१, आइतबार
महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड आमने सामने
२०८३ असार २१, आइतबार
सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै
२०८३ असार २१, आइतबार
सुदूरपश्चिमको बजेट : निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
२०८३ असार २१, आइतबार
आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ असार २१, आइतबार