कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

मानव अधिकार समितिद्वारा मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड

प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि पनि आयोगसँग आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ असारः प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग आपसी समन्वय र सहकार्यलाई तीव्रता दिने भएको छ ।

समितिको आजको बैठकले समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकार, अन्तरराष्ट्रिय सन्धि–सम्झौता, शान्ति प्रक्रिया, मौलिक हक तथा कानुन कार्यान्वयनको अवस्थासम्बन्धी विषयमा राष्ट्रिय मानव अधिकार आयोगसँग सूचना तथा तथ्याङ्कको आदान–प्रदान अध्ययन अनुसन्धान, अन्तत्र्रिmया तथा परामर्श नीति र कानुनको कार्यान्वयनको अवस्थाका विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यसैगरी समितिले अनुगमन तथा मूल्याङ्कन, अन्तरराष्ट्रिय मानव अधिकारसम्बन्धी दायित्वको प्रभावकारी कार्यान्वयन, आवश्यक सुझाव र सिफारिस आदान–प्रदान तथा मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन तथा त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि पनि आयोगसँग आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले विद्यमान मानव अधिकारको अवस्था र सम्बद्र्धनबारे जानकारी गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल
२०८३ कार्तिक ३, मंगलबार
देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने
२०८३ कार्तिक ३, मंगलबार
अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा
२०८३ कार्तिक ३, मंगलबार
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार