असार ३०, २०८३ मंगलबार July 14, 2026

त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

प्रेसले जिम्मेवार पत्रकारिताको भूमिका निवार्ह गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० असारः सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकार र सञ्चार गृहलाई त्रासरहित वातावरणमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति गर्न सरकार समक्ष माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै सचेतक परियारले आफ्नो दल सधैँ लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान जस्तै उभिएको प्रष्ट पार्नुभयो । उहाँले प्रेस स्वतन्त्रताको प्रतिरक्षाका रुपमा आफ्नो दल उभिएको भए पनि प्रेसले जिम्मेवार पत्रकारिताको भूमिका निवार्ह गर्नुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया