श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कांग्रेसको जरा अभियान ६ साउनमा सकिँदै, क्रियाशील सदस्यता अद्यावधिक अन्तिम चरणमा

नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि ३ साउनसम्मको समयावधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको जरा अभियान ६ साउनमा सम्पन्न गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी गराएको हो ।

पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्र अनुसार, १५औँ महाधिवेशनको कार्यतालिकाअन्तर्गत क्रियाशील सदस्यता फारम वितरण र नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि ३ साउनसम्मको समयावधि तोकिएको छ ।

६ साउनमा जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित जरा अभियानको औपचारिक समापन कार्यक्रम गर्ने महामन्त्री पौडेलले परिपत्रमा उल्लेख गरेका छन् ।

परिपत्रमा केन्द्रीय कार्यालयले ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति, ७५३ पालिकाका प्रतिनिधि र पालिका कार्यसमितिलाई यस अभियानका बाँकी कार्यहरू समयमै सम्पन्न गरी समापन कार्यक्रम सफलतापूर्वक आयोजनf गर्न निर्देशन दिएको छ ।

कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि जरा अभियान १ वैशाखबाट सुरु गरेको थियो । १ वैशाखमा सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको थियो । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो ।

जरा अभियानमार्फत कांग्रेसले डिजिटल कांग्रेस आईडी अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने बताएको थियो । जरा अभियानलाई पूर्वसभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहले असहयोग गरेको छ ।
744441001_2571643379953624_5282348641225986740_n-1783861596.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार