असार ३०, २०८३ मंगलबार July 14, 2026

महँगी र कालाबजारी नियन्त्रण गर्न माग

सरकारले सुशानको पक्षमा प्रभावकारी जिम्मेवारी पूरा गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० असारः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको तर्फबाट सांसद युवराज दुलालले सरकारलाई महँगी, कालाबजारी र विचौलियातन्त्रलाई नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने माग राख्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा रोष्ट्रममा उपस्थित भई सांसद दुलालले सरकारको गतिविधि जनतामुखी हुनुपर्ने धारणा राख्नुभयो ।

सरकारले सुशानको पक्षमा प्रभावकारी जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । सुकुमवासीको होल्डिङ सेन्टरको अवस्था जति सक्दो छिटो समाधान गर्न सांसद दुलालले सरकार समक्ष माग गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया