असार ३२, २०८३ बिहिबार July 16, 2026

मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश

आगामी सभाको बैठकको कार्यसूचीमा समावेश गरी छलफल गराउने व्यवस्थाका लागि अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, ३२ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ११ र नेपाली कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरुले संयुक्त रुपमा हस्ताक्षर गरी आज कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो । प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा १८८ को उपाधार ४ तथा कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १५२ को उपनियम २ बमोजिम लिखितरुपमा अविश्वासको प्रस्ताव पेश गर्नुभएको कर्णाली प्रदेशसभामा नेकपाका नेता मङ्गलबहादुर शाहीले जानकारी दिनुभयो ।

अविश्वास प्रस्तावमा प्रदेशसभा सदस्यहरु मङ्गलबहादुर शाही, राजकुमार शर्मा, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), बीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का, रनसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, बिजया बुढा र कृष्णकुमार बिसीले हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम कर्णाली प्रदेशका मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई प्रस्ताव गर्नुभएको छ ।

पेश गरिएको सूचना दर्ता गरी कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १५२ को उपनियम ३ बमोजिम आवश्यक प्रक्रियाका लागि आगामी सभाको बैठकको कार्यसूचीमा समावेश गरी छलफल गराउने व्यवस्थाका लागि अनुरोध गरिएको नेता शाहीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट
२०८३ असार ३२, बिहिबार
शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल
२०८३ असार ३२, बिहिबार
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
२०८३ असार ३२, बिहिबार
‘मौद्रिक नीति आगामी आवको बजेटलाई सहयोग पुग्नेगरी ल्याएका छौँ’ – गर्भनर पौडेल
२०८३ असार ३२, बिहिबार
मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश
२०८३ असार ३२, बिहिबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
२०८३ असार ३२, बिहिबार
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
२०८३ असार ३२, बिहिबार