श्रावण १, २०८३ शुक्रबार July 17, 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दीहरू स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक भएका हुन् ।

यी हुन् बैठकका निर्णयहरू :

१. अनुचित लेनदेन(मिटरव्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय , वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू सदस्य रहने ।

२. रु १ र रु २ का नयाँ डिजाइनका सिक्काहरू टकमरी गर्नका लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने ।

३. नेपाल कानुन सूचना पाइलट प्रणाली’ स्थापना गर्नका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने ।

४. संरक्षित क्षेत्रभित्रका राष्ट्रिय वन क्षेत्रमा थप रुख र पोलहरू हटाउनुपर्ने भएमा, प्रचलित कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने ।

५. विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दीहरू स्वीकृत गर्ने

६. ’नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३’ स्वीकृत गर्ने

७. सेवा करारमा कार्यरत रहेका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ
२०८३ श्रावण १, शुक्रबार
नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु
२०८३ श्रावण १, शुक्रबार
प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
२०८३ श्रावण १, शुक्रबार
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३% समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो
२०८३ श्रावण १, शुक्रबार
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
२०८३ श्रावण १, शुक्रबार
प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै
२०८३ श्रावण १, शुक्रबार
मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी
२०८३ श्रावण १, शुक्रबार