असोज ३, २०८३ शनिबार September 19, 2026

विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग

आयातित इन्धनमाथिको निर्भरता घटाउने नीतिसँग विद्युत्मा कर लगाउने व्यवस्था मेल नखाने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने सरकारको निर्णयलाई सकारात्मक कदमको रूपमा लिएका छन् । उनले त्यससँगै विद्युत् खपतमा कायम रहेको करसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न पनि आग्रह गरेका हुन् ।

घिसिङका अनुसार ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि लगाइएको भ्याटले स्वदेशमा उत्पादन भएको बिजुलीको उपयोग बढाउने सरकारी लक्ष्यमा प्रतिकूल असर पार्न सक्ने अवस्था रहेको छ ।

उनले स्वदेशी जलविद्युत् तथा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गरी आयातित इन्धनमाथिको निर्भरता घटाउने नीतिसँग विद्युत्मा कर लगाउने व्यवस्था मेल नखाने तर्क गरेका छन् ।

घिसिङले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्कलाई कानुनी प्रक्रिया पूरा गरी औपचारिक रूपमा हटाउनुपर्ने उल्लेख गर्दै विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याटसमेत फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्रीले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क फिर्ता लिने घोषणा गरेपछि त्यसको स्वागत गर्दै घिसिङले निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक कानुनी प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने बताएका छन् । उनका अनुसार सरकारी घोषणा औपचारिक निर्णय र कार्यान्वयनमा रूपान्तरण हुन आवश्यक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कल्प मिडिया फुटसलको उपाधि एनएफएसजे गण्डकीले जित्यो
२०८३ असोज ३, शनिबार
‘संविधान जारी गर्दा खुसीभन्दा मधेसमा गोली चलेको पीडाले बढी दुःखी थिएँ’ : पूर्वराष्ट्रपति रामबरण यादव
२०८३ असोज ३, शनिबार
जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
२०८३ असोज ३, शनिबार
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज ३, शनिबार
संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश : मुख्यमन्त्री पाण्डे
२०८३ असोज ३, शनिबार
एमाले केन्द्रीय कमिटी बैठकअघि पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्ने
२०८३ असोज ३, शनिबार
आजको दिन विपदको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन : राष्ट्रपति
२०८३ असोज ३, शनिबार