काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका प्राथमिकता, मन्त्रालयगत नियमित कार्यसूची, विभिन्न नीतिगत निर्णय तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै केही महत्वपूर्ण नियुक्ति, निर्णय तथा प्रस्तावहरू पनि बैठकको कार्यसूचीमा समावेश हुन सक्ने स्रोतले जनाएको छ।
सरकारले पछिल्लो समय विकास निर्माणका कामलाई तीव्रता दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा विभिन्न मन्त्रालयका कार्यसम्पादनको समीक्षा गर्दै आएको छ। यसै सन्दर्भमा आजको मन्त्रिपरिषद् बैठकलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया