श्रावण १०, २०८३ आइतबार July 26, 2026

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० साउनः प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएका र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकाप्रति चिन्ता व्यक्त गर्नुभएको हो । सङ्घ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन र आपसी सहकार्य र समन्वयबाट उद्धार, राहत र पुनःस्थापनामा लाग्न उहाँले आज विज्ञप्ति जारी गरी अनुरोध गर्नुभएको हो ।

“प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु”, आङ्देम्बेले विज्ञप्तिमार्फत भन्नुभयो ।

जिल्लास्थित राजनीतिक दल, स्वयंसेवी संस्था र सामाजिक सङ्घसंस्थालाई पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन उहाँले आग्रह गर्नुभयो । “जिल्लास्थित सम्पूर्ण राजनीतिक दल र स्वयंसेवी संस्थाका प्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भई राहत, उद्धार, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

निरन्तर वर्षासँगै थप पहिरोको जोखिम कायम रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा नेता आङ्देम्बेको जोड छ । राहत सामग्रीको अभाव हुन नदिन र विस्थापितको दीर्घकालीन पुनस्र्थापनाको योजना शीघ्र अघि बढाउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार