श्रावण १४, २०८३ बिहिबार July 30, 2026

भुटनदेवी माध्यामिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

यस वर्ष छात्रातर्फ सरगम चौलागाइँ र छात्रतर्फ खुश्बु वालु शाहलाई छात्रवृत्ति प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, १४ साउनः हेटौँडास्थित भुटनदेवी माध्यामिक विद्यालयका पूर्वविद्यार्थीहरूको संस्था भुटनदेवी हाई स्कुलमैत्री समूह–२०३१ ले गुरुपूर्णिमाको अवसर विद्यालयका कक्षा ८ मा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

समूहका तर्फबाट विद्यालयमा कक्षा ८ मा उत्कृष्ट हुने एक÷एक जना छात्रछात्रालाई वार्षिक रुपमा रु १०÷१० हजार नगद छात्रवृत्ति प्रदान गरिँदै आएको सचिव प्रमेन्द्र महर्जनले जानकारी दिनुभयो ।

विगत पाँच वर्षयता गुरुपूर्णिमाको अवसरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जनाउँदै उहाँले यस वर्ष छात्रातर्फ सरगम चौलागाइँ र छात्रतर्फ खुश्बु वालु शाहलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।

छात्रछात्रालाई समूहका अध्यक्ष लवनाथ रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले छात्रवृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका तत्कालीन शिक्षक उद्धव खतिवडालाई सम्मान गरिएको थियो ।

समूहका अध्यक्ष रिजालको सभापत्विमा भएको कार्यक्रममा वडाध्यक्ष सिग्देल, वडा नं २ का वडाध्यक्ष एवं भुटनदेवी अल्मुनाई एसोसिएसनका अध्यक्ष विष्णुगोपाल महर्जन, समाजसेवी गणेशकुमार श्रेष्ठ, विद्यालयका प्राचार्य सूर्यप्रसाद घिमिरे, अर्जुन हुमागाइँलगायतले गुरुपूर्णिमाको महत्वसँगै भुटनदेवी माविको शैक्षिक योगदानलगायतका विषयमा बोल्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार
सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी
२०८३ श्रावण १४, बिहिबार
लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला
२०८३ श्रावण १४, बिहिबार
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
२०८३ श्रावण १४, बिहिबार