श्रावण १४, २०८३ बिहिबार July 30, 2026

सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा एमालेले सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ कि छैन भन्ने प्रश्न उठाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पदमा अर्यालले सुनसरी घटना दुःखद भएको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाइन्।

उनले हिजो काठमाडौँमा गोली चलेको घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि फौजदारी अभियोग लगाउने सरकारले सुनसरी घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुन्छन् कि हुँदैनन्, उनीहरूको राजीनामा आउँछ कि आउँदैन भन्ने प्रश्न गरिन्।

सांसद अर्यालले संकटको समयमा प्रधानमन्त्रीले अग्रसर भएर नेतृत्व लिन नसकेको टिप्पणी गर्दै प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र नभएको बताइन्।

विगतमा यस्ता घटना हुँदा तत्कालीन सरकारले समाजमा सद्भाव कायम गर्न पहल गरेको उल्लेख गर्दै उनले वर्तमान सरकारले त्यस किसिमको कुनै पहल नगरेको आरोप लगाइन्।

सांसद अर्यालले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार
सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी
२०८३ श्रावण १४, बिहिबार