काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशमा विकसित पछिल्लो सुरक्षा अवस्था तथा साम्प्रदायिक तनावबारे पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन्।
सुनसरीबाट सुरु भएको तनाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिन थालेपछि लामिछानेले दुवै प्रदेशका सांसदहरूसँग परिस्थितिबारे जानकारी लिने, स्थानीय अवस्थाको मूल्याङ्कन गर्ने तथा पार्टीको आगामी भूमिकाबारे परामर्श थालेका हुन्।
पछिल्ला घटनामा तीन जनाको ज्यान गइसकेको र विभिन्न स्थानमा तनाव कायम रहेकाले रास्वपाले घटनाक्रमलाई गम्भीर रूपमा लिएको जनाएको छ। छलफलमा प्रभावित क्षेत्रको वस्तुस्थिति, शान्ति–सुरक्षा कायम गर्ने उपाय, नागरिकको सुरक्षा तथा सद्भाव कायम राख्न पार्टीले खेल्नुपर्ने भूमिकाबारे विचार–विमर्श भइरहेको बताइएको छ।
यसअघि पनि सभापति लामिछानेले मधेश प्रदेशका करिब २० जना सांसदसँग छुट्टै छलफल गरी घटनाको जानकारी लिएका थिए। पछिल्लो छलफलमा कोशी प्रदेशका सांसदहरूलाई समेत समेटेर दुवै प्रदेशको समग्र अवस्थाबारे समीक्षा गरिएको स्रोतले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया