श्रावण १९, २०८३ मंगलबार August 4, 2026

प्राप्त अधिकार खोसिने खतरा छ, सबै सचेत बनौँ : जयन्तीदेवी राई

कम्युनिष्ट आन्दोलन कमजोर बन्दै जानु चिन्ताजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद जयन्तीदेवी राईले आन्तरिक तथा वाह्य शक्तिहरुको चलखेलको कारण पार्टी र मुलुकको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको टिप्पणी गरेकी छिन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित अखिल नेपाल महिला संगठनको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनतासँगै लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशिता समेत कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

लामो समयको संघर्षबाट प्राप्त महिला अधिकार खोसिने डर रहेको भन्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको पनि उनले आग्रह गरिन् ।

‘अहिले नेपाली कम्युनिष्ट पार्टीमाथि ठूलो संकट रहेको छ । देशदेखि विदेशी शक्तिहरुको चलखेल र प्रहार भइरहेको छ । हाम्रो आन्दोलनको साथसाथै हाम्रो पार्टी पनि कमजोर अवस्थामा पुगेको छ । यससँगै राष्ट्र जनअधिकार, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशीता पनि कमजोर बन्दै गइरहेको छ । र हामीले प्राप्त गरेका अधिकारहरू फेरि खोसिने डर रहेको छ,’ उनले भने ।

राईले मुलुकमा आत्महत्याका घटना, सामाजिक हिंसा तथा जातीय र धार्मिक तनाव बढ्दो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि समाजमा शान्ति र मेलमिलापको वातावरण निर्माण गर्न आवश्यक सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिइन् ।

‘मुलुकमा शान्ति कामय गर्नको लागि समन्वयकारी भूमिका खेल्नको लागि हामी सबै तयार हुनुपर्छ । त्यसैगरी समाजमा महिलामाथि भइरहेको उत्पीडन, र हिंसा उन्मुलनको लागि लड्न पनि जरुरी छ,’ राईले भनिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार