श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अदालतको आदेश पछि दुर्गा प्रसाई एकैदिनमा छुटे

थुनामा नराखी अनुसन्धान गर्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, १८ साउन । मेडिकल ब्यावसायी दुर्गा प्रसाईँ रिहा भएका छन ।

जिल्ला अदालत, भक्तपुरको आदेश पछि प्रसाई रिहा भएका हुन् । हिजो उनी पक्राउ परे पछि उनलाई रिहा गर्न अदालतले आज साँझ आदेश दिएको थियो ।

जिल्ला प्रहरी भक्तपुरका डिएसपी तथा प्रवक्ता दीपक कार्कीका अनुसार उनलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिए पछि रिहा गरिएको हो ।

उनका विरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो तर अदालतले थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया