श्रावण ३१, २०८३ आइतबार August 16, 2026

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

विद्यालय तहको कक्षा एकदेखि १२ सम्म पढाउन तयार पारिएको पाठ्यक्रम तीन सयभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १९ गते । विद्यालय तहमा आठ वटा नयाँ पाठ्यक्रम थपिने भएको छ । पाठ्यक्रमको मसौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरिएको छ । यससँगै विद्यालय तह (कक्षा एकदेखि १२ सम्म) का लागि निर्माण गरिएको पाठ्यक्रमको सङ्ख्या तीन सयभन्दा बढी पुगेको छ ।

शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को हालै सम्पन्न बैठकले आठ वटा नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिस गरिसकेको छ । शिक्षामन्त्रीकै अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार पाठ्यक्रमको मसौदा सिफारिस गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषद्का सदस्यसचिव युवराज पौडेलले बताउनुभयो ।

पछिल्लो समय आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको छ । त्यस्तै माध्यमिक शिक्षा (कक्षा ९–१०) का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिस गरिएको हो ।

माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा तथा विधिशास्त्र एवं नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको पौडेलले बताउनुभयो ।

मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रिया अघि बढाइने छ । नयाँ सिफारिस गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा एकदेखि १२ सम्म पढाउन तयार पारिएको पाठ्यक्रम तीन सयभन्दा बढी पुगेको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार विज्ञ तथा सरोकारवालाबाट आएका सुझाव र मागका आधारमा नयाँ पाठ्यक्रम बनाउने गरिन्छ । तर निर्माण गरिएकामध्ये सबै पाठ्यक्रम अनुसार विद्यालय तहमा पढाइ भने हुन सकेको छैन ।

राज्यको लगानीमा निर्माण गरिएको पाठ्यक्रम कार्यान्वयन नभएको भन्दै कहिलेकाहीँ सरोकारवालाबाट आलोचना पनि हुने गरेको छ । कुनै पाठ्यक्रममा विद्यार्थी अभाव त कुनै पाठ्यक्रमका लागि पढाउने जनशक्ति नहुँदा निर्माण भएकामध्ये पनि कतिपय पाठ्यक्रम कार्यान्वयन हुन नसकेको केन्द्रको भनाइ छ ।

केन्द्रको काम मागका आधारमा पाठ्यक्रम निर्माण मात्रै गर्ने भएका कारण पनि कार्यान्वयनको पाटो केन्द्रको अधीनमा नरहने सूचना अधिकारी घिमिरेले बताउनुभयो । एउटै विषयमा पनि तह अनुसार फरक फरक पाठ्यक्रम हुने भएका कारण पनि पाठ्यक्रमको सङ्ख्या धेरै भएको हो ।

उहाँले भन्नुभयो, “उदाहरणका लागि नेपाली विषयको पाठ्यक्रम बनाउनु प¥यो भने कक्षा एकदेखि तीनसम्म एक प्रकारको बनाउनु पर्छ भने कक्षा चार र पाँचको अर्को बनाउनु पर्छ । कक्षा छदेखि आठ, नौ र १० तथा ११ र १२ को पनि फरक फरक बनाउनुपर्ने भएका कारण पाठ्यक्रमको सङ्ख्या धेरै भएको हो ।”गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार