असोज १०, २०८३ शनिबार September 26, 2026

कांग्रेसमा तीन धार

आफ्ना माग पूरा नहुने भएपछि साउन २९ गतेदेखि राष्ट्रिय भेलाको आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, साउन १८ गते । नेपाली कांग्रेसको २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । नेतृत्व दोस्रो पुस्तामा गएपछि आरम्भ भएको मतभेदले कांग्रेस तीन समूहमा विभाजित भएको हो । सभापति गगनकुमार थापासहितका शीर्ष नेताले पूर्वसभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालालगायतसँग संवाद गरे पनि निष्कर्ष आएको छैन ।

सभापति थापा सभापति भएपछि पहिलो पुस्ताका विशेषतः ७० वर्षमाथिका नेतालाई नेतृत्व स्वीकार गर्न गाह्रो भएको कांग्रेसकै नेता बताउँछन् । १५ औँ महाधिवेशनअघि १४ औँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यसमितिमा गाभ्नुपर्ने नेता खड्का समूहको माग संस्थापन पक्षले अस्वीकार गरेको छ । उक्त समूहले आफ्ना माग पूरा नहुने भएपछि साउन २९ गतेदेखि राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

यसैबिच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गतेका लागि आह्वान गरिएको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीको आन्तरिक एकता, साङ्गठनिक सुदृढीकरण र नेता खड्कासहितको समूहले राष्ट्रिय भेला आयोजना गरेको सन्दर्भमा बैठकमा गहन विमर्श हुने छ ।

नेता खड्काको समूहले पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेपछि संविधान सभा सदस्य एवं नेता रञ्जित कर्णको संयोजकत्वमा पार्टी एकताका लागि तेस्रो धारले अभियान थालेको छ । उक्त समूहमा नेता नैनसिंह महर, राजेन्द्र तिवारी, भवानी देवकोटा, मनहरि श्रेष्ठ, पुष्प शाहीलगायत हुनुहुन्छ । नेता कर्णले कांग्रेसलाई सुदृढ बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ थालनी गरिएको र साउन २० गते राष्ट्रिय एकता भेलाको आयोजना गरिएको बताउनुभयो ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार