श्रावण ३१, २०८३ आइतबार August 16, 2026

सरकारलाई शिक्षक महासंघको चेतावनी : शिक्षा ऐन नल्याए सडक संघर्ष

विगतमा भएका सहमति कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै आवश्यक परे भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति कार्यान्वयन नभए आगामी भदौ महिनादेखि पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले विगतमा भएका सहमति कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै आवश्यक परे भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षकसँग गरेका प्रतिबद्धता पूरा नगरे अघिल्लो आन्दोलनभन्दा अझ व्यापक सहभागितासहित सडक आन्दोलन गर्ने चेतावनी दिए। उनले आन्दोलनका कार्यक्रम थप छलफलपछि सार्वजनिक गरिने जानकारी दिए।

शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सुवेदीले सरकारले सहमति कार्यान्वयनमा ढिलाइ गरेको आरोप लगाए। उनका अनुसार शिक्षा ऐन जारी नगरेसम्म शिक्षकहरूको आन्दोलन रोकिने छैन। यसअघि शिक्षकहरूले २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका थिए। २९ दिनसम्म चलेको आन्दोलनपछि २०८२ वैशाख १७ गते सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको थियो।

तर, सहमतिपछि पनि सरकारले शिक्षा ऐन ल्याउन नसकेको भन्दै महासंघले पुनः आन्दोलनको बाटो रोज्ने निर्णय गरेको हो। शिक्षक महासंघले सरकारलाई तत्काल सहमति कार्यान्वयन गरी शिक्षा ऐन जारी गर्न आग्रह गर्दै अन्यथा आन्दोलन अपरिहार्य हुने चेतावनी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार