श्रावण २०, २०८३ बुधबार August 5, 2026

त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसीले पाए जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । शिक्षा क्षेत्रका अनुभवी प्राध्यापक तथा प्रशासकका रूपमा परिचित केसीको नियुक्तिसँगै आयोगले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालयहरूको प्रभावकारी अनुगमन तथा समन्वयका कामलाई थप गति दिने अपेक्षा गरिएको छ।

नवनियुक्त अध्यक्ष केसी यसअघि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) का रूपमा कार्यरत थिए। उच्च शिक्षा, शैक्षिक प्रशासन, नीति निर्माण तथा विश्वविद्यालय व्यवस्थापनमा लामो अनुभव हासिल गरेका केसीले विभिन्न शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिमा समेत महत्वपूर्ण योगदान दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार