काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आज जारी गरेको सूचनाअनुसार पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नहुने, बैठकको सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसको विश्लेषण गर्न लागिएको हो ।
यसका लागि गत असार ३० र ३१ गते तथा साउन १४, १८ र २२ गतेका प्रतिनिधिसभा बैठकको हाजिरी संसद् सचिवालयबाट झिकाइ सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी रास्वपाका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको सूचनामा उल्लेख छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया