श्रावण २३, २०८३ शनिबार August 8, 2026

संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

नागरिकहरू लगायत लाल सागर र एडनको खाडीमा व्यावसायिक ढुवानीमा आक्रमण गरेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यमन, २३ साउन : यमनका लागि संयुक्त राष्ट्रका विशेष दूत हान्स ग्रुन्डबर्गले साउदी ट्याङ्कर र यमनी सरकारी फौजविरुद्ध हुथी समूहको बढ्दो आक्रमणको बीचमा यमनमा द्वन्द्वको बढ्दो जोखिमको चेतावनी दिनु भएको छ ।

विज्ञप्ति जारी गर्दै ग्रुन्डबर्गले मारिब र हदरामाउट प्रान्तमा हुथी समूहले गरेको पछिल्लो आक्रमणलाई औंल्याउनु भएको छ जसले नागरिकहरू लगायत लाल सागर र एडनको खाडीमा व्यावसायिक ढुवानीमा आक्रमण गरेको बताइएको छ ।

उहाँले विमानस्थलसहित नागरिक पूर्वाधारमा आक्रमण र क्षेत्रीय तनाव बढेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

आक्रमण जारी रहेमा यस्ता घटनाक्रमले सन् २०२२ को युद्ध-विरामको उपलब्धिलाई जोखिममा पार्ने खतरा रहेको बताउदै ग्रन्डबर्गले उनीहरूले यमनलाई व्यापक क्षेत्रीय द्वन्द्व मा ल्याउन सक्ने चेतावनी दिनु भएको छ ।

ग्रन्डबर्गले पछिल्लो समयमा यमनका दलहरू, क्षेत्रीय अभिनेता र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताका लागि विकल्पहरू खोज्न गहन छलफल गरेको उल्लेख गर्नु भएको छ ।

उहाँले सबै सम्बन्धित पक्षहरूलाई अधिकतम संयमता अपनाउन, सैन्य प्रतिशोधलाई उत्प्रेरित गर्न सक्ने कार्यहरू रोक्न र संयुक्त राष्ट्रको तत्वावधानमा सद्भावपूर्ण वार्तामा संलग्न हुन आह्वान गर्नुभएको छ ।

सन् २०१४ को अन्त्यमा हुथीहरूले राजधानी सानासहित उत्तरी यमनको धेरै भाग कब्जा गरे देखि यमन द्वन्द्वमा फसेको जनाइएको छ ।

एक संयुक्त राष्ट्रसङघ्को मध्यस्थतामा सन् २०२२ मा गरिएको युद्ध–विराम सोहि वर्षको अक्टोबर देखि लागु भए पछि युद्ध केहि हद सम्म नियन्त्रणमा आएको जनाइएको छ ।

हुथी समूहले हुथी नियन्त्रित क्षेत्रहरूमा कायम साउदी नाकाबन्दीलाई उद्धृत गर्दै जुलाईमा साउदी जहाजमा समुद्री प्रतिबन्धको घोषणा गरेको थियो भने यो दाबीलाई रियादले दृढतापूर्वक अस्वीकार गरेको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार